Kathmandu Press

खोप लगाएको ६ महिनासम्म गर्भधारण नगर्न विज्ञको सुझाव

‘गर्भवतीमा खोप परीक्षण भएको छैन, त्यसैले खोप लगाउँँदा आमा र बच्चा दुवैमा समस्या आउन सक्छ, कोरोना खोप लगाएको तीनदेखि ६ महिनासम्म गर्भधारण गर्नु हुँदन। गर्भधारणको योजना छ भने खोप नलिएकै राम्रो ।’
खोप लगाएको ६ महिनासम्म गर्भधारण नगर्न विज्ञको सुझाव

काठमाडौं, चैत ३१ : कोरोनाविरुद्धको खोप लगाएको ६ महिनासम्म गर्भधारण गर्न नहुने विज्ञहरूले बताएका छन् । कोरोनाविरुद्ध खोप गर्भवतीमा परीक्षण नगरिएकाले जोखिम हुन सक्ने उनीहरूको भनाइ छ।

त्यसैले गर्भधारणको योजना बनाएकाहरूले कोरोनाविरुद्धको खोप प्रयोग नगर्न जनस्वास्थ्य विद् डा. लुना भट्ट शर्माको सुझाव छ । खोप लगाएकाहरूले गर्भधारणको योजना ६ महिनासम्म बनाउन नहुने उनले बताइन्।

‘गर्भवतीमा खोप परीक्षण भएको छैन, त्यसैले खोप लगाउँँदा आमा र बच्चा दुवैमा समस्या आउन सक्छ,’ डा. भट्टले भनिन्, ‘कोरोना खोप लगाएको तीनदेखि ६ महिनासम्म गर्भधारण गर्नु हुँदन। गर्भधारणको योजना छ भने खोप नलिएकै राम्रो ।’

डा. भट्टका अनुसार गर्भवतीले कुनै प्रकारको औषधि प्रयोग गर्न हुँदैन । ‘कोरोनाविरुद्ध खोप लगाएमा आफूलाई कोभिड–१९ बाट सुरक्षा प्राप्त भए पनि पेटमा भएको शिशुलाई भने नकारात्मक असर पुर्‍याउन सक्ने सम्भावना रहन्छ,’ उनले भनिन् ।

उनका अनुसार गर्भवती भएको समयमा महिलाको रोग प्रतिरोधात्मक क्षमता छुट्टै किसिमले विकास भइरहेको हुन्छ । र, आमा र शिशुको एन्टिजेन फरक हुन सक्छ । ‘यस्तो बेलामा आमाको रोग प्रतिरोधात्मक क्षमता पनि निकै कम हुन्छ । खोपले त्यो समयमा शिशु र आमालाई दुवैलाई नकारात्मक असर पु¥याउन सक्छ,’ उनले भनिन् ।

कोरानोविरुद्धको खोपले ६ महिना मात्र काम गर्ने भएकाले निश्चित समयको लागि सो अवधिमा गर्भधारणको योजना नबनाउँदा राम्रो हुने उनले सुझाइन् । भनिन्, ‘खोपका कारण धेरै पछिसम्म प्रजनन्मा असर गर्छ भन्ने कुरा प्रमाणित छैन । त्यसैले खोप लगाएको ६ महिनापछि गर्भधारण गर्दा केही फरक पर्दैन ।’

 

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्