ठूला शहरका विद्यालय १ महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस
काठमाडौं, चैत ३१ : कोरोना भाइरसको संक्रमण पुनः फैलिएपछि काठमाडौं उपत्यका लगायतका ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको...
काठमाडौं, चैत ३१ : कोरोना भाइरसको संक्रमण पुनः फैलिएपछि काठमाडौं उपत्यका लगायतका ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएपछि स्वास्थ्य मन्त्रालयले ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।
कोरोनाको जोखिम कम गराउन विद्यालय बन्द गर्न सिफरिस गरिएको मन्त्रालय जनाएको छ । मन्त्रालयले विद्यालय बन्द अवधिमा अनलाइनमार्फत पठन पाठन गराउन सुझाव दिएको छ। विद्यालय बन्द गर्ने विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र मन्त्रिपरिषद्मा छलफल भएपनि निर्णय भने भइसकेको छैन।
प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)