टेकु अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने
काठमाडौं, चैत ३१ : शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा मंगलबारदेखि कोरोनाका बिरामीको मात्र उपचार हुने भएको छ। कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग...
काठमाडौं, चैत ३१ : शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा मंगलबारदेखि कोरोनाका बिरामीको मात्र उपचार हुने भएको छ।
कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिड–१९को मात्र उपचार सेवा दिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । एचआइभी,एन्टी रेबिज भ्याक्सिन सेवा र ओपिडी सेवा भने निरन्तर रहने उनीहरूको भनाइ छ ।
यस्तै अहिले टेकु अस्पतालमा करिब १५ जना आईसीमा उपचाररत रहेको सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । यस्तै कोरोनाको उपचारको लागि आउने बिरामीको संख्या दिन प्रतिदिन बढीरहेको उनले बताए ।
प्रकाशित मिति: १४:१० बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)