Kathmandu Press

श्रीमतीको हत्या गरी भागेका श्रीमान युएईबाट पक्राउ

काठमाडौं, चैत ३१ : श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति युएईबाट पक्राउ परेका छन् । तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल...
श्रीमतीको हत्या गरी भागेका श्रीमान युएईबाट पक्राउ

काठमाडौं, चैत ३१ : श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति युएईबाट पक्राउ परेका छन् । 

तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले युएईबाट पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोप लागेका पुरी फरार भएपछि अन्तर्राष्ट्रिय तवरमा खोजी गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल व्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल सचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

२०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागेका थिए। श्रीमतीको हत्या गर्ने अन्य दुई जना उनकै भाइहरू पुर्पक्षको लागि कारागार चलान भइसकेका छन्।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्