Kathmandu Press

चीनकाे सैनिक विमान अनुमतिबिना ताइवानमा 

ताइपे, चैत ३१ : ताइवानले चीनको २४ लडाकु विमान अनुमति बिना आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ । सोमबार आफ्नो एयर डिफेन्स आइडेन्टिफिकेशन...
चीनकाे सैनिक विमान अनुमतिबिना ताइवानमा 

ताइपे, चैत ३१ : ताइवानले चीनको २४ लडाकु विमान अनुमति बिना आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ । ताइवानले सोमबार आफ्नो एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा अनुमती बिना चिनियाँ लडाकु विमान प्रवेश गरेको बताएको हो। 

ताइवानको रक्षा मन्त्रालयले लडाकू विमान सहित आणविक बमको क्षमता भएको २४ विमान सोमबार आफ्नो एयर डिफेन्स आइडेन्टिफिकेशन जोन(एडीआईजेड) मा प्रवेश गरेको बताएको छ । 

चीनको यो घुसपैठ यो वर्षको सबै भन्दा ठूलो घटना हो र अमेरिकाले ‘चीनको बढ्दो घुसपैठ’ लाई चेतावनी दिदैं आएको छ । चीनको राजधानी बेइजिङले ताइवानलाई आफ्नै देशको प्रान्तको रूपमा हेरेको छ । 

यद्यपि लोकतान्त्रिक ताइवानले आफूलाई एक सार्वभौम राज्यको रूपमा बताउँदै आएको छ ।

रक्षा मन्त्रालयले चिनियाँ सैनिक लडाकू विमानलाई चेतावनी दिन आफ्नो लडाकू विमान पठाएको छ भने ती विमानहरुको अनुगमन गर्न मिसाइल प्रणाली तैनाथ गरेको बताएको छ । 

प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्