Kathmandu Press

कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइँदै, यी हुन् तोकिएका अस्पताल

काठमाडौं, चैत ३१ : सरकाले चीनबाट ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप आजदेखि ४० देखि ५९ वर्षसम्मका नागरिकलाई लगाउँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अभियान...
कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइँदै, यी हुन् तोकिएका अस्पताल

काठमाडौं, चैत ३१ : सरकाले चीनबाट ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप आजदेखि ४० देखि ५९ वर्षसम्मका नागरिकलाई लगाउँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अभियान २०७८ वैशाख ५ सम्म जारी रहने छ।

यसअघि सरकारले १८ देखि ५९ वर्षसम्मका व्यक्तिलाई खोप दिएको भए पनि निश्चित समूहका नागरिकलाई मात्र समेटेको थियो।

अहिले भने ४० देखि ५९ वर्षसम्मका आम नागरिकलाई खोप दिन लागिएको हो।

खोप महाशाखाका अनुसार यी हुन् खोप लगाउन तोकिएका २३ केन्द्र–

१. वीर अस्पताल, काठमाडौं

२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली

३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

४. निजामती कर्मचारी अस्पताल, मीनभनव

५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर

६. नेपाल मेडिकल कलेज, अत्तरखेल

७. काठमाडौं मेडिकल कलेज, सिनामंगल

८. त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

९. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी

१०. वीरेन्द्र अस्पताल, छाउनी

११. एपीएफ अस्पताल, बलम्बु

१२. नेपाल प्रहरी अस्पताल, पानीपोखरी

१३. ओम अस्पताल रिसर्च सेन्टर, चाबहिल

१४. क्षेत्रपाटी निस्शुल्क चिकित्सालय, क्षेत्रपाटी

१५. भक्तपुर अस्पताल, भक्तपुर

१६. नेपाल कोरियामैत्री अस्पताल, ठिमी

१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर

१८. किस्ट मेडिकल कलेज, ललितपुर

१९. आनन्दवन अस्पताल, ललितपुर

२०. धुलिखेल अस्पताल, काभ्रे

२१. त्रिशूली अस्पताल, नुवाकोट

२२. बारबिसे अस्पताल, सिन्धुपाल्चोक

२३. जिल्ला अस्पताल, रसुवा

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप सरकारले नागरिकलाई क्रमशः लगाइरहेको हो।

यसअघि भारतले पनि नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ।

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्