Kathmandu Press

बाइडेनले बढ्दो आप्रवासी नियन्त्रण गर्न नयाँ प्रमुख नियुक्त गर्दै 

वासिङटन, चैत ३१ : अमेरिकाको राष्ट्रपति जो बाइडेनले बढ्दो अप्रवासि नियन्त्रण गर्न एरिजोना राज्यको टक्सन शहरका प्रहरी प्रमुख क्रिस म्याग्नसलाई  नियुक्त गर्ने भएका छन् । सोमबार...
बाइडेनले बढ्दो आप्रवासी नियन्त्रण गर्न नयाँ प्रमुख नियुक्त गर्दै 

वासिङटन, चैत ३१ : अमेरिकाको राष्ट्रपति जो बाइडेनले बढ्दो अप्रवासि नियन्त्रण गर्न एरिजोना राज्यको टक्सन शहरका प्रहरी प्रमुख क्रिस म्याग्नसलाई  नियुक्त गर्ने भएका छन् । 

सोमबार अमेरिकाको भन्सार तथा सीमा सुरक्षाको नेतृत्व गर्न प्रहरी प्रमुख क्रिस म्याग्नसलाई नियुक्त गर्ने भएका हुन् । 

Hardik ivf

म्याग्नस पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन नीतिहरूको आलोचक थिए । उनको नियुक्तिमा अमेरिकाको सिनेटले समर्थन गर्नुपर्ने छ । 

अमेरिकाले २०२१ को अन्त्यसम्ममा दक्षिणी सिमानामा करीव २० लाख आप्रवासीहरूको सामना गर्ने अपेक्षा गरेको छ । 

बाइडेनले आन्तिरक सुरक्षा विभागको साइबर सुरक्षा शाखाको नेतृत्व गर्न नेशनल सेक्युरिटि एजेन्सीका पूर्व वरिष्ठ अधिकारी जेन ईस्टरलीलाई पनि नियुत्त गर्ने छन् । 

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, चैत ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्