Kathmandu Press

फुकुसिमा आणविक ऊर्जा केन्द्रको दूषित पानी समुद्रमा फाल्ने जापानको निर्णय 

टोकियो, चैत ३१ : जापान सरकारले जापानको फुकुसिमा प्रान्तमा रहेको आणविक ऊर्जा केन्द्रको १० लाख भन्दा बढी दूषित पानी समुद्रमा छोड्ने निर्णय गरेको छ...
फुकुसिमा आणविक ऊर्जा केन्द्रको दूषित पानी समुद्रमा फाल्ने जापानको निर्णय 

टोकियो, चैत ३१ : जापान सरकारले जापानको फुकुसिमा प्रान्तमा रहेको आणविक ऊर्जा केन्द्रको १० लाख भन्दा बढी दूषित पानी समुद्रमा छोड्ने निर्णय गरेको छ । मंगलबार फुकुसिमा आणविक ऊर्जा केन्द्रको दूषित पानी समुद्रमा छोड्ने निर्णय जापान सरकारले गरेको हो । 

जापान सरकारले आणविक उर्जा केन्द्रको दूषित पानी छोड्ने काम लगभग दुई बर्षमा शुरू हुने र सम्पूर्ण पानीलाई समुद«मा छोड्ने प्रक्रिया दशक लाग्ने बताएको छ । 

टोकियो विद्युत कम्पनी जसले यो आणविक ऊर्जा केन्द्र संचालन गरेको छ, समुद्रमा पानी छाड्ने प्रक्रियालाई व्यवस्थापन गर्नेछ । 

‘स्थापित नियामक मापदण्डको कडा अनुपालनको आधारमा हामीले समुद्रीमा दूषित पानी छाडने निर्णय गरेका हौं,’ जापान सरकारले विज्ञप्तिमा जनाएको छ । 

चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा यस कदमलाई ‘अत्यन्त गैरजिम्मेवारपूर्ण’ र चीनले कारवाही गर्न सक्ने बताएको छ । दक्षिण कोरिया सरकारले यो योजना ‘पूर्ण रूपमा अस्वीकार्य’ रहेको बताएको छ । 

प्रकाशित मिति: ११:३४ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्