Kathmandu Press

अश्वेत युवा मारिएपछि अमेरिकामा तनाव, दुई सहरमा रात्रिकालीन कर्फ्यु 

अश्वेत युवा मारिएपछि अमेरिकामा तनाव, दुई सहरमा रात्रिकालीन कर्फ्यु 

काठमाडौं, चैत्र ३१ : प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्। २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो। त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्।  प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्। राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतवार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन्।

सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालयअघि धर्ना दिएका छन्। रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि भएको छ। घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुखद भनेका छन्। (बीबीसी)  

प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, चैत ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्