Kathmandu Press

देशभर तुवाँलो, पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र ३१ : देशभरको मौसम सामान्यतया सफा रहे पनि देशका अधिकांश स्थानमा तुवाँलो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मुलुकभर स्थानीय...
देशभर तुवाँलो, पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र ३१ : देशभरको मौसम सामान्यतया सफा रहे पनि देशका अधिकांश स्थानमा तुवाँलो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली  रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  ।

देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्