Kathmandu Press

दोलखा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु, १८ घाईते 

काठमाडौं, चैत्र ३१ : दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार...
दोलखा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु, १८ घाईते 

काठमाडौं, चैत्र ३१ : दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको  गाडी गएराति १० बजे दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा वडा अध्यक्षसहित १८ जना घाइते भएका छन्। दुर्घटनामा परी विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्यु भएको हो ।

दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते भएका छन्। उनको  ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए।

अन्य सामान्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्