Kathmandu Press

आइपीएल पञ्जाबले राजस्थानलाई ४ रनले हरायो

काठमाडौं, चैत्र ३१ : आइपीएल क्रिकेटको १४ औँ संंस्करण अन्तर्गत पन्जाब किंग्सले विजयी शुरूवात गरेको छ । सोमबार राति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई...
आइपीएल पञ्जाबले राजस्थानलाई ४ रनले हरायो

काठमाडौं, चैत्र ३१ : आइपीएल क्रिकेटको १४ औँ संंस्करण अन्तर्गत पन्जाब किंग्सले विजयी शुरूवात गरेको छ । सोमबार राति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै विजयी शुरूवात गरेको हो ।

जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। उसका लागि कप्तान लोकेश राहुलले ९१ रन बनाए।  जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा छ। आइपीएलमा आज राति मुम्बई र कोलकत्ता खेल्दैछन्।

प्रकाशित मिति: ०६:५० बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्