भारतमा एकैदिन थपिए १ लाख ६० हजार कोरोना संक्रमित
काठमाडौं, चैत्र ३१ : भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १...
काठमाडौं, चैत्र ३१ : भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ । भारतमा हालसम्म १ करोड २२ लाख ५० हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ०६:४१ बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











