Kathmandu Press

प्रदेश २ मा नेपाल पक्षद्वारा संसदीय दलको नेता फेरबदल

जनकपुर, चैत ३० : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले प्रदेश २ संसदीय दलको नेता फेरबदल गरेको छ।सोमबार बसेको संसदीय दलको बैठकले अध्यक्ष केपी...
प्रदेश २ मा नेपाल पक्षद्वारा संसदीय दलको नेता फेरबदल

जनकपुर, चैत ३० : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले प्रदेश २ संसदीय दलको नेता फेरबदल गरेको छ।

सोमबार बसेको संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षका सत्यनारायण मण्डललाई हटाएर नेपाल पक्षका शत्रुधन महतोलाई संसदीय दलको नेता चयन गरेको हो। प्रदेश २ को संसदीय दलमा नेपाल पक्षको बहुमत रहेको छ।

एमालेका प्रदेश २ मा २१ सांसद छन्। जसमध्ये नेपाल पक्षका १३ र ओली पक्षका ८ सांसद छन्। सामेबार बसेको बहुमत सांसदको बैठकले संसदीय दलको नेता फेरबदल गरेको हो।

बहुमत सांसदले गरेको निर्णयका आधारमा प्रदेश सभाका सभामुखले पनि नयाँ नेतालाई मान्यता दिएको छ। सोमबारको प्रदेश सभा बैठकमा एमाले संसदीय दलको नेताको हैसियतले महतोले सम्बोधन गरेका छन्।

 

प्रकाशित मिति: २०:४० बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्