Kathmandu Press

चर्च ब्वाइज सी डिभिजन च्याम्पियन

काठमाडाैं, चैत ३० : सी डिभजिन लिगकाे उपाधि चर्च व्बाइज क्लबले जितेकाे छ। सोमबार भएको लिगको अन्तिम खेलमा झापा फुटबल क्लबलाई २–१ले पराजित...
चर्च ब्वाइज सी डिभिजन च्याम्पियन

काठमाडाैं, चैत ३० : सी डिभजिन लिगकाे उपाधि चर्च व्बाइज क्लबले जितेकाे छ। सोमबार भएको लिगको अन्तिम खेलमा झापा फुटबल क्लबलाई २–१ले पराजित गर्दै चर्च ब्वाइज सी डिभजिन लिग च्याम्पियन बनेकाे हाे।

चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभजिनमा बढुवा हुँदा झापा भने सी डिभिजनमै रह्यो । चर्च ब्वाइजमाथि जित निकाल्न सकेको भए झापा बी डिभिजनमा बढुवा हुने थियो। सी डिभिजनमा बढुवा भएको १ वर्ष नबित्दै चर्च ब्वाइज बी डिभिजनमा बढुवा भएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएकाे खेलमा चर्च ब्वाइजलाई जित दिलाउन रिजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्याम मुर्मुले एक गोल फर्काए ।

रिजनको २० औं मिनेटमा गोल गर्दै चर्चलाई अग्रता दिलाए भने २७औं मिनेटमा सोमले चर्च व्बाइजको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा झापाका श्यामुले एक गोल फर्काए पनि चर्च २–१ ले विजयी भयो ।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँ पायो । दोस्रो बनेको वीरगञ्जले ७ लाख र तेस्रो बनेको सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ प्राप्त गरे ।

यस्तै अन्तिम दिन जित निकाल्दै वीरगञ्ज युनाइटेड क्लब र समाजिक युवा क्लब पनि बी डिभिजनमा बढुवा भएका छन्। सी डिभिजन लिगको सुपर सिक्सको अन्तिम खेलमा वीरगञ्जले खालीबारी युथ क्लबलाई ३–१ ले हरायो भने सामाजिक युवा क्लबले वीरगंज युथ एकेडेमीलाई १–०ले हरायो।

प्रकाशित मिति: २०:१४ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्