Kathmandu Press

सुवेदीविरुद्धको रिट खारेज, सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं, चैत ३० : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका नहकुल सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज भएको छ। अधिवक्ता सुरेन्द्र भण्डारीले दायर...
सुवेदीविरुद्धको रिट खारेज, सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं, चैत ३० : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका नहकुल सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज भएको छ। अधिवक्ता सुरेन्द्र भण्डारीले दायर उनीविरुद्ध रिट दायर गरेका थिए।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले न्यायाधीशमा प्रस्तावित सुवेदीको योग्यताका सम्बन्धमा परेको रिट सोमबार खारेज गरिदिएको हो। अब सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको छ।

‘न्याय सेवाको राप प्रथम श्रेणी वा सो भन्दा माथिको पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरिसकेर निजको संविधानको धारा १२९ को उपधारा ५ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुगेको नै देखिँदा संविधानको उक्त धाराबमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी पाऊँ भन्ने निवेदनको जिकिर पुग्न सक्दैन,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।’

हेर्नुहोस् आदेश

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्