Kathmandu Press

थप ५५९ जनामा कोरोना संक्रमण, आठकाे मृत्यु

काठमाडौं, चैत ३० : पछिल्लो २४ घण्टामा देशभरि ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ५...
थप ५५९ जनामा कोरोना संक्रमण, आठकाे मृत्यु

काठमाडौं, चैत ३० : पछिल्लो २४ घण्टामा देशभरि ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ५ हजार १ सय ५ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९६ र ७ सय २७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने १ सय ३८ जना भने संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्