Kathmandu Press

पाहा चह्रे पर्वको रौनक, असनमा जुधाइयो खट (फोटो फिचर)

तेस्रो दिन दिनभरि मन्दिरबाट खट निकालेर टोलटोलमा घुमाई पूजाआजा गरिन्छ। दिउँसो लुमद्यि अजिमा, वोटु अजिमा र कंग अजिमाको खट असनमा ल्याइपु¥याइन्छ र फेरि चिराग साटिन्छ। फेरि पनि खटलाई टोलटोलमा घुमाएर राति जात्रा सम्पन्न गरिन्छ।
पाहा चह्रे पर्वको रौनक, असनमा जुधाइयो खट (फोटो फिचर)

काठमाडौं, चैत ३० : नेवार समुदाय सांस्कृतिक दृष्टिले सम्पन्न छ। खासगरी काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार जातिका मानिसहरूले धेरै पर्व र जात्रा मनाउँदै आएका छन्। यस्तै एउटा पर्व हो, पाहा चह्रे। यसलाई अर्को शब्दमा पासा चह्रे पनि भनिन्छ।

‘पाहा’ को अर्थ पाहुना हो भने ‘पासा’ को अर्थ साथी । अर्थात् पाहुना बोलाएर भेटघाट गर्ने मात्र होइन साथीभाइ भेटेर रमाइलो गर्ने पर्वका रूपमा पाहा चह्रे (पासा चह्रे)लाई लिइन्छ।

यो पर्व चैत्र कृष्ण चतुर्दशीदेखि चैत्र शुक्ल प्रतिपदासम्म तीन दिन मनाइन्छ। यस पर्वको पहिलो दिनमा लुकु महाद्यः (खाल्डोमा लुकेको महादेव) लाई पुजिन्छ। यसपालि यो पर्व चैत २८ गते शनिबार परेको थियो। यो दिन टोलटोलका देवीदेवताको पूजाआजासँगै खटजात्रा गरिन्छ।

Hardik ivf

यही पर्वको दोस्रो दिनलाई घोडेजात्राका रूपमा मनाइन्छ। घोडेजात्राको मध्यरातमा टुँडीखेलको बीच भागमा लुमद्यि अजिमा, वोटु अजिमा र कंग अजिमाको खट ल्याई चिराग साटिन्छ। यसलाई द्यः ल्वाकेगु पनि भनिन्छ। यो पर्वले दिदीबहिनीको भेटघाटलाई संकेत गर्छ। यसपालि चैत २९ गते आइतबार यो पर्व मनाइएको छ।

तेस्रो दिन दिनभरि मन्दिरबाट खट निकालेर टोलटोलमा घुमाई पूजाआजा गरिन्छ। दिउँसो लुमद्यि अजिमा, वोटु अजिमा र कंग अजिमाको खट असनमा ल्याइपु¥याइन्छ र फेरि चिराग साटिन्छ। फेरि पनि खटलाई टोलटोलमा घुमाएर राति जात्रा सम्पन्न गरिन्छ। यसपालि आजको दिनमा (चैत ३० गते सोमबार) यो पर्व मनाइएको छ।

 

 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्