आङ सान सुकीमाथि ६ नयाँ आरोप
यांगुन, चैत ३० : म्यान्मारमा सेनाको ‘कु’ पछि अपदस्थ नेत्री आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकिल मिन मिन सोले...
यांगुन, चैत ३० : म्यान्मारमा सेनाको ‘कु’ पछि अपदस्थ नेत्री आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकिल मिन मिन सोले जानकारी दिए।
उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ। उनीमाथि न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको जनाइएकाे छ। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानुनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिए।
म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सुकी र उहाँको ‘नेसनल लिग फर डिमोक्रेसी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।












