Kathmandu Press

पदकमा चुच्चे नक्सा किन राखिएन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : पुष्पा भुसाल

काठमाडौं, चैत ३० : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले हालै राष्ट्रपतिद्वारा बाँडिएको पदकमा चुच्चे नक्सा नराखिएप्रति आपत्ति जनाएकी छन्। सोमबार प्रतिनिधिसभा...
पदकमा चुच्चे नक्सा किन राखिएन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : पुष्पा भुसाल
फाइल तस्बिर

काठमाडौं, चैत ३० : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले हालै राष्ट्रपतिद्वारा बाँडिएको पदकमा चुच्चे नक्सा नराखिएप्रति आपत्ति जनाएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले पदकमा चुच्चे नक्सा नराखिनुको कारण स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्।

‘राष्ट्रवादी सरकारले चुच्चे नक्सा किन राखेन ? त्यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा आएर दिनुपर्छ,’ कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी उनले भनिन्।

 ‘विभूषणको रुपमा पदक वितरण गर्दै जाँदा यो संसद्‍बाट पास भएको नक्सा कहाँ गयोरु,’ उनले भनिन्,  ‘यही संसद्‍बाट पारित भएर कार्यान्वयन गर्न निर्देशन गरेको थियो तर सरकारले यसको पालना गरेन। सरकारले नक्सा संशोधनबाहेक भूमि फिर्ता ल्याउन पहल गरेन।’

पाठ्यक्रममा चुच्चे नक्सा समेट्ने विषयलाई पनि सरकारले रोकेको आरोप उनले लगाइन्। ‘राष्ट्रपतिबाट बाँडिएको विभूषणमा चुच्चे नक्सा हटाइएको छ। यसको जवाफदेहिता कसले लिने हो ?’ उनले भनिन्,  ‘प्रधानमन्त्रीले यो जिम्मेवारी लिने कि नलिने ?’

एमसीसी पास गर्नुपर्छ भन्‍ने सरकारले त्यसलाई संसद्‍मा टेबल नै नगरेको उनको आरोप थियो। ‘एमसीसीलाई तुरुन्त अगाडि बढाइयोस्। अनिमात्र प्रक्रियामा जान्छ,’ उनले भनिन्।

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्