हवाई यात्रामा प्रतिबन्ध लगाउँदै बंगलादेश
ढाका, ३० चैत : बंगलादेशले कोरोना भाइरसको प्रसारमा भएको तीव्र वृद्धि आएको भन्दै त्यसलाई नियन्त्रण गर्न एक साता घरेलु र अन्तर्राष्ट्रिय हवाई यात्रामा प्रतिबन्ध...
ढाका, चैत ३० : बंगलादेशले कोरोना भाइरसको प्रसार तीव्र भएको भन्दै त्यसकाे नियन्त्रणका लागि एक साता घरेलु र अन्तर्राष्ट्रिय हवाई यात्रामा प्रतिबन्ध लगाउने योजना बनाएको छ।
बंगलादेश आउने र जाने सबै अन्तर्राष्ट्रिय र घरेलु हवाई उडान अप्रिल १४ देखि २० सम्म स्थगित गर्न लागिएको बंगलादेशको नागरिक उड्डयन प्राधिकरण (सीएएबी) ले आइतबार जानाएको छ।
प्रतिबन्धका कारण ५ सयभन्दा बढी उडान रद्द हुने सिएएबीका भाइस एयर मार्सल एम माफिदु रहमानले बताए।
बंगलादेश उड्डयन प्राधिकरणले घरेलु हवाई उडानहरू र चार्टर्ड हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाइनेछ भने आपतकालीन मेडिकल उद्धार, मानवीय राहत र कार्गो उडानका लागि केही फरक नियम लागु गरिने जनाएको छ।
प्रकाशित मिति: १४:१६ बजे, सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












