कैलालीमा एक कोरोना संक्रमितको मृत्यु
कैलाली, चैत ३० : कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण...
कैलाली, चैत ३० : कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको हो।
सेती प्रादेशिक अस्पताल धनगढीमा आइतबार राति भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा सोमबार बिहीन मृत्यु भएको अस्पतालले जनाएको छ।
निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमण पुष्टी भएको थियो। उनी गत फागुनमा भारतबाट नेपाल आएका थिए।
सेती प्रादेशिक अस्पतालमा अहिले चार जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
पछिल्ला हप्तामा भारतमा यो रोगको सङ्क्रमण र मृत्यु दर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ।
रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिए छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा संक्रमणको पुष्टि भएको छ।











