Kathmandu Press

कोरियामा रोजगारीको ठोस पहल सरकारले गरेन : गगन थापा

कांग्रेस नेता गगन थापाले कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीमा जान नपाएका कामदारलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।
कोरियामा रोजगारीको ठोस पहल सरकारले गरेन : गगन थापा

काठमाडौं, चैत ३० : कांग्रेस नेता गगन थापाले कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीमा जान नपाएका कामदारलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

‘कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार पाँच सय प्रतिबद्ध कामदार करिब दुई हजार महिनौँदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र घुमिरहेका छन्,’ प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै थापाले भने, ‘उनीहरूका बारेमा लगातार सरकारले बेवास्ता गरेको छ। फिलिपिन्स, म्यानमारलगायत देशका सरकारले जस्तो पहलकदमी लिएको भए सायद उनीहरूले कोरिया जान पाइसकेका हुन्थे होला।’

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका, घरविदामा आएर फर्केर जान नपाएका यी कामदारलाई कोरियामा रोजगारी पाउने ठोस काम गरेर त्यसको जानकारी सदनलाई गराउन उनले माग गरे।
 

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्