Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए वैशाख ६ का लागि पार्टी केन्द्रीय कमिटी बैठक

काठमाडौं, चैत ३० : प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले ६ वैशाखका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो...
प्रधानमन्त्री ओलीले बोलाए वैशाख ६ का लागि पार्टी केन्द्रीय कमिटी बैठक

काठमाडौं, चैत ३० : प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले ६ वैशाखका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो दिनको बैठकले पार्टीको महाधिवेशनबारे निर्णय गर्ने ओलीनिकट एक केन्द्रीय सदस्यले बताए।

एमालेभित्रको विवाद मौलाउँदै जाँदा ओली समूह महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय भएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल समूह समानान्तर संगठन निर्माणमा केन्द्रित भएको छ।

अध्यक्ष ओलीले पार्टीभित्र एकाधिकार कायम राखी निषेधको राजनीतिलाई प्रश्रय दिएको भन्दै आक्रोशित भएको नेपाल समूहले गरेको समानान्तर गतिविधि गरेपछि ओली समूह पनि चिढिएको छ।

त्यसको फलस्वरूप पार्टी हितविपरीत क्रियाकलाप गरेको आरोप लगाउँदै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बनको कारबाही चलाइसकिएको छ।

ओलीले आफूलाई साथ दिनेहरूको जिम्मेवारी तोक्ने तयारी पनि गरेको जनाइएको छ। कार्यविभाजन प्रस्ताव तयार पार्ने जिम्मेवारी उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई दिइएको छ। वैशाख ६ गते बस्ने बैठकमा कार्यविभाजन प्रस्ताव पेस हुने पनि बताइएको छ।

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्