Kathmandu Press

नातान्ज आणविक केन्द्रमाथि हमला आतंकवादीले गरेकाे इरानको दाबी

तेहरान, चैत २९ : नातान्ज आणविक केन्द्रमा आइतबार भएको आक्रमणलाई इरानले आतंकवादी हमला भएको दाबी गरेको छ।इरानको स्फहान प्रान्तमा रहेको उक्त आणविक केन्द्रका प्रमुख...
नातान्ज आणविक केन्द्रमाथि हमला आतंकवादीले गरेकाे इरानको दाबी

तेहरान, चैत २९ : नातान्ज आणविक केन्द्रमा आइतबार भएको आक्रमणलाई इरानले आतंकवादी हमला भएको दाबी गरेको छ।

इरानको स्फहान प्रान्तमा रहेको उक्त आणविक केन्द्रका प्रमुख अली अकबर सालेहीले नातान्ज आणविक केन्द्रमाथिको आक्रमणको कारण ‘आणविक आतंकवाद’ भएको बताए। उनले आक्रमणकारीविरुद्ध कारबाही गर्न सक्ने अधिकार तेहरानसँग रहेको बताएका छन्। 

Hardik ivf

‘इरानले यस घृणित कदमको निन्दा गरेको छ। अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले यस आणविक आतंकवाद र अपराधीहरूविरुद्ध कारबाही गर्न आवश्यक छ,’ सालेहीले भने। 

आइतबार इरान आणविक ऊर्जा संगठन (एईओआई) का प्रवक्ता बेहेरुज कमलभान्डीले नतान्ज आणविक केन्द्रमा विद्युतीय प्रसारण लाइनको समस्याले त्यस्तो घटना भएको जानकारी दिए।

उनले उक्त घटनामा कुनै मानवीय क्षति भएको र संक्रमण नभएको बताए। इरानले आफ्नो आणविक परीक्षणलाई शान्तिमय उद्देश्यका भएको जनाएको छ।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, चैत ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्