चितवनमा कामदार बोकेको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्याे
चितवन, चैत ३० : चितवनमा मदजुर बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्वीचितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्याक्टर...
चितवन, चैत ३० : चितवनमा मदजुर बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्वीचितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्याक्टर आइतबार साँझ दुर्घटना भएको थियो ।
५ जनाको घटनास्थलमै र एक जनाको सोमबार बिहान उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार पुरानो मेडिकल कलेजमा उपचारका क्रममा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
आइतबार साँझ भएको दुर्घटनामा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुने अर्का एकको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
थाकलटारबाट चिउँडेखोला तर्फ आउँदै गरेको ना१ त ६२८२ नं को ट्र्याक्टर अनियन्त्रित भई आम पानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करीब २०० मिटर तल खस्दा सवार १८ जना घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।











