बुटबलमा कोरोनाका कारण ३ जनाको मृत्यु
काठमाडौं, चैत ३० : बुटवलमा कोरोना संक्राणबाट तीन जनाको मत्यु भएको छ । बुटबल विशेष अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको...
काठमाडौं, चैत ३० : बुटवलमा कोरोना संक्राणबाट तीन जनाको मत्यु भएको छ । बुटबल विशेष अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको अस्पताललले जनाएको छ।
दुई महिना र एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्तापलले जनाएको छ। अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एक पुरुषकाे मृत्यु भएकाे हाे।
तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् भने अर्घाखाँचीकी महिला र कपिलवस्तुको पुरुष चैत २७ गते अस्पताल भर्ना भएकोका थिए ।
प्रकाशित मिति: ११:५९ बजे, सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











