Kathmandu Press

का‌ंग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, चैत ३० : आज दिउँसोका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ...
का‌ंग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, चैत ३० : आज दिउँसोका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।

आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आजसम्म सफ्टवेरमा सदस्यता विवरण इन्ट्री नगर्ने जिल्लालाई महाधिवेशनमा नसमेट्ने राय आएको थियो। यसबारे केन्द्रीय कार्यसमिति बैठकले आज निर्णय गर्ने बताइएको थियो।

कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज छलफल गर्ने तयारी छ। यसअघि क्रियाशील सदस्यता विवरण इन्ट्री गर्ने समयसीमा चैत १० गतेसम्म तोकिएकोमा २० दिन थप गरिएको थियो।

 

 

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्