Kathmandu Press

भारतको उत्तर प्रदेशमा विद्यालय बन्द, धेरै संक्रमित भेटिए रात्रिकालीन कर्फ्यू 

काठमाडौं, चैत्र ३० : भारतको उत्तर प्रदेशमा शैक्षिक संस्था बन्द गरिएको छ । कोरोना संक्रमणदर बढेपछि सरकारले अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द...
भारतको उत्तर प्रदेशमा विद्यालय बन्द, धेरै संक्रमित भेटिए रात्रिकालीन कर्फ्यू 
Hardik ivf

काठमाडौं, चैत्र ३० : भारतको उत्तर प्रदेशमा शैक्षिक संस्था बन्द गरिएको छ । कोरोना संक्रमणदर बढेपछि सरकारले अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

एक सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यू लगाउने निर्णय पनि भएको छ । यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

प्रदेश सरकारको पछिल्लो निर्णयसँगै अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ । बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने छ । 

प्रकाशित मिति: ०७:४९ बजे, सोमबार, चैत ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्