Kathmandu Press

रियल बेटिससँग बराबरीमा रोकियो एट्लेटिको म्याड्रिड 

काठमाडौं, चैत्र ३० : एट्लेटिको म्याड्रिड स्पेनीस ला लिगाको शीर्ष स्थान पुगेको छ।आइतबार भएको  रियल बेटिससँग १–१ को संघर्षपूर्ण बराबरी खेल्दै शिर्ष स्थानमा...
रियल बेटिससँग बराबरीमा रोकियो एट्लेटिको म्याड्रिड 

काठमाडौं, चैत्र ३० : एट्लेटिको म्याड्रिड स्पेनीस ला लिगाको शीर्ष स्थान पुगेको छ।

आइतबार भएको  रियल बेटिससँग १–१ को संघर्षपूर्ण बराबरी खेल्दै शिर्ष स्थानमा पुगेको हो। यो नतिजापछि एटलेटिकोको अग्रता एक अंकमै सीमित रह्यो।

यसअघि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्लेको थियो। एटलेटिकोले यानिक करास्कोको गोलमा अग्रता लिएपछि बेटिसका तर्फबाट क्रिस्टिन टेलोले बराबरी गोल फर्काएका थिए।

जनवरीको अन्त्यमा डिएगो सिमोनीको एट्लेटिको शीर्ष स्थानमा १० अंकले अगाडि थियो। तर उसले खेलेका पछिल्ला ११ खेलमध्ये ३ मा मात्र जित निकाल्न सकेको छ। एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ ।

रियलको ६६ अंक रहेको छ। रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: ०७:२१ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्