Kathmandu Press

पहाडी भूभागमा वर्षाको सम्भावना 

काठमाडौं, चैत्र ३० : देशका अधिकांश भू–भागहरूमा तुवाँलो रहे पनि सामान्यतया मौसम भने सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।देशका अधिकांश...
पहाडी भूभागमा वर्षाको सम्भावना 

काठमाडौं, चैत्र ३० : देशका अधिकांश भू–भागहरूमा तुवाँलो रहे पनि सामान्यतया मौसम भने सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका अधिकांश भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेशका अधिकांश भागसँगै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले बताएको छ ।

देशका केही पहाडी भू–भागमा अपराह्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।  त्यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। 

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्