भारतमा कोरोना संक्रमितमा नयाँ रेकर्ड, एकैदिन भेटिए झण्डै १ लाख ७० हजार संक्रमित
काठमाडौं, चैत्र ३० : पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।२४ घण्टामा संक्रमण...
काठमाडौं, चैत्र ३० : पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ । हालसम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ४५६ रहेको छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ०६:४६ बजे, सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











