Kathmandu Press

यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई अमेरिकाको आग्रह

काठमाडौं, चैत्र ३० : अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह गरेको छ ।अमेरिकी...
यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई अमेरिकाको आग्रह

काठमाडौं, चैत्र ३० : अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भने, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रूसले ब्यहोर्नुपर्नेछ ।

Hardik ivf

उनले भने, “मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।

“अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यदि रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भने । 

प्रकाशित मिति: ०६:३७ बजे, सोमबार, चैत ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्