Kathmandu Press

आईपीएलमा कोलकाता नाइट राइडर्सको विजयी सुरुवात

काठमाडौं, चैत्र ३० : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी शुरूवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा कोलकाताले...
आईपीएलमा कोलकाता नाइट राइडर्सको विजयी सुरुवात

काठमाडौं, चैत्र ३० : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी शुरूवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी शुरूवात गरेको हो ।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको हो । हैदरावादका लागि मनिस पान्ड्या र जोनी बेरिस्टोले अर्धशतकीय पारी खेले। ४४ बल खेलेका मनिसले २ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए।

त्यस्तै ४० बल खेलेका बेरिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे।​ त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । जितसँगै कोलकाताले जारी लिगमा एक खेलबाट २ अंक जोडेको छ।
 

प्रकाशित मिति: ०६:२८ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्