Kathmandu Press

सेनाको गोली प्रहारबाट म्यानमारको एकै शहरमा ८० जनाको मृत्यु

सेनाको गोली प्रहारबाट म्यानमारको एकै शहरमा ८० जनाको मृत्यु

काठमाडौं, चैत २९ : सेनाले गोली प्रहार गर्दा म्यानमारको एकै शहरमा आइतबार ८० जनाभन्दा बढीको मृत्यु भएको छ।

सैन्य शासनविरुद्ध म्यानमारमा प्रदर्शन चलिरहेको छ। शनिबार म्यान्मारको उत्तरपूर्वी बगो शहरमा प्रदर्शनकारीमाथि सेनाले अन्दाधुन्द गोली चलाएको हो।

बगो शहरमा गोली लागेर ८० जनाभन्दा बढीको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्। मृतकहरूको शव सेनाले लिएर गएको जनाएको । जसले गर्दा ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या योभन्दा बढी हुने बताइएको छ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

म्यानमारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

म्यानमारका सांसदहरू र संयुक्त राष्ट्रसङ्घका लागि राजदूतले शुक्रवार नै सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू विस्तार गर्न र हतियारमाथि रोक लगाउन र उडान नहुने क्षेत्र बनाउन आह्वान गरेका थिए।

उनीहरूले संयुक्त राष्ट्रसङ्घको बैठकमा म्यान्मार ‘विफलताको सँघारमा रहेको’ दावी गर्दै सैनिक सरकारविरूद्ध कडा निर्णय लिन आग्रह गरेका थिए।

प्रकाशित मिति: २०:१२ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्