Kathmandu Press

नियन्त्रणमा आयो नागार्जुनको आगलागी

काठमाडौं, चैत २९ : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ।काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ तैलुङ जंगलमा आज बिहान आगो लागेको थियो।...
नियन्त्रणमा आयो नागार्जुनको आगलागी

काठमाडौं, चैत २९ : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ तैलुङ जंगलमा आज बिहान आगो लागेको थियो। हेलिकप्टरबाट पानी फालेर आगो नियन्त्रण आएकाे हो।

आगो नियन्त्रणमा नेपाली सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नी नियन्त्रक टोली र तीन वटा दमकल परिचालन गरिएका थिए। उनीहरुसँगै सेना,ा प्रहरी, निकुञ्ज कर्मचारी र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्।

 

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्