Kathmandu Press

हात्तीको आक्रमणबाट बर्दियामा बृद्धाको मृत्यु

बर्दिया, चैत २९ : हात्तीको आक्रमणबाट आइतबार बर्दियामा एक जना बृद्धाको मृत्यु भएको छ।बाख्रा चराउन जंगल गएकी बर्दियाको गेरूवा गाउँपालिका १ भटेराकी ६०...
हात्तीको आक्रमणबाट बर्दियामा बृद्धाको मृत्यु

बर्दिया, चैत २९ : हात्तीको आक्रमणबाट आइतबार बर्दियामा एक जना बृद्धाको मृत्यु भएको छ।

बाख्रा चराउन जंगल गएकी बर्दियाको गेरूवा गाउँपालिका १ भटेराकी ६० वर्षीया भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

बगुवा सामुदायिक जंगलमा बाख्रा चराइरहेको बेला हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

इलाका प्रहरी कार्यालय, पाताभारबाट गएको प्रहरी टोलीले बोहराको शवलाई सुरक्षित स्थानमा ल्याएको छ। केही दिन अघि बर्दियामा बाघको आक्रमणबाट पनि एक जनाको ज्यान गएको थियो।

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्