शंकर पोखरेल भन्छन्– एमालेमा भविष्य देखेर माओवादी आए
काठमाडौं, चैत २९ : नेकपा एमालेका प्रभावशाली नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पार्टीमा भविष्य सुरक्षित रहेको जिकिर गरेका छन्।आइतबार सामाजिक....jpg)
काठमाडौं, चैत २९ : नेकपा एमालेका प्रभावशाली नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पार्टीमा भविष्य सुरक्षित रहेको जिकिर गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जिकिर गरेका हुन्। उनले फेसबुकमा राखिएको सामग्रीमा सुरुमा माओवादी केन्द्रका मन्त्री र सांसदले राजीनामा दिएर पनि एमाले किन रोजे भन्ने प्रश्न गरेका छन्।
त्यसको उत्तरसमेत आफैंले दिँदै पोखरेलले माओवादी केन्द्रमा नेता तथा कार्यकर्ताका लागि अवसर र भविष्य नभएकाले एमालेलाई राेजेको उल्लेख गरेका छन्।
‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ?,’ उनले फेसबुकमा लेखेका, ‘सुप (सुदूरपश्चिम) मा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो ।’
प्रकाशित मिति: १६:३५ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











