Kathmandu Press

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको आगो निभाउन हेलिकप्टरबाट पानी फालियो 

काठमाडौं, चैत २९ : काठमाडौंस्थित शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणमा लिन हेलिकप्टरको प्रयोग गरिएको छबुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरू भएको आगलागी  नियन्त्रणबाहिर गएपछि...
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको आगो निभाउन हेलिकप्टरबाट पानी फालियो 

काठमाडौं, चैत २९ : काठमाडौंस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणमा लिन हेलिकप्टरको प्रयोग गरिएको छ

बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरू भएको आगलागी  नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ । सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको छ। 

आगलागी नियन्त्रणका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी र निकुञ्जका गरी दुई सय जना खटिएका थिए । जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो। 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्