Kathmandu Press

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौं, चैत २९ : काठमाडौंस्थित शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।आइतबार बिहान करिब ११ बजे बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरू भएको निकुञ्जले...
शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी
फाइल तस्बिर

काठमाडौं, चैत २९ : काठमाडौंस्थित शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।

आइतबार बिहान करिब ११ बजे बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरू भएको निकुञ्जले जानकारी दिएको छ । 

हावाहुरी चलिरहेका कारण आगलागी थप बढिरहेको निकुञ्जले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी र निकुञ्जका गरी दुई सय जना खटिएका छन् । 

आगलागी नियन्त्रणका लागि तीन वटा दमकलको प्रयोग गरिएको छ ।
 

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्