Kathmandu Press

पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता बैशाख ८ देखि

काठमाडौं, चैत २९ : प्रथम नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता–२०२१ हुने भएको छ । पासाङ ल्हामु गाउँपालिकाको...
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता बैशाख ८ देखि

काठमाडौं, चैत २९ : प्रथम नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता–२०२१ हुने भएको छ । 

पासाङ ल्हामु गाउँपालिकाको सुर्केमा २०७८ बैशाख ८, ९ र १० गते गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक जाङबु शेर्पाले बताए । शेर्पाले आइतबार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएका हुन् ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन, महिला सशक्तिकरण, समानताको आवाज हिमाली भेगबाट बुलन्द गर्ने, समाजलाई योगदान पु¥याएका व्यक्तिहरूलाई वार्षिक रुपमा सम्मान गर्ने लगायतका मुल उद्देश्यका साथ उक्त खेल आयोजना गरिएको शेर्पाले बताए । 

तीन दिनसम्म हुने उक्त खेलमा प्रथम विजेतालाई एक लाख रुपैयाँ, दोस्रो विजेतालाई ५० हजार रुपैयाँ, तेस्रो विजेतालाई २५ हजार रुपैयाँका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट रेजर र उत्कृष्ट सटर गरी विजयी सबैलाई प्रमाणपत्र र ट्रफि समेत दिने व्यवस्था रहेको शेर्पाले बताए ।


 

प्रकाशित मिति: १४:२० बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्