गोंगबुस्थित गेस्ट हाउसमा एक पुरूष मृत भेटिए
काठमाडौं, चैत २९ : काठमाडौंको गोंगबुस्थित गोदावरी सन्तोषी गेस्ट हाउसको २०४ नम्बरको कोठामा एक पुरूष मृत भेटिएका छन्।शनिबार राति पौने १० बजेतिर भेटिएको उनी...
काठमाडौं, चैत २९ : काठमाडौंको गोंगबुस्थित गोदावरी सन्तोषी गेस्ट हाउसको २०४ नम्बरको कोठामा एक पुरूष मृत भेटिएका छन्।
शनिबार राति पौने १० बजेतिर भेटिएको उनी स्याङ्जा घर भइ नवलपरासी बस्दै आएका नारायण घर्ती मगर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृतकको साथबाट नागरिकताको फोटोकपी फेला जनाइएको छ। शरिरमा बाहिरी चोटपटक केही नदेखिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार शनिबार गेस्ट हाउसको २०४ नम्बरको कोठाका राजु क्षेत्रीका नाममा इन्ट्री भएको थियो।
शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको र थप अनुसन्धान पनि अघि बढाएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२:५८ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











