Kathmandu Press

कांग्रेस नेतृत्वमा सरकार गठनकाे तयारी भइरहेको छ : प्रकाशमान

काठमाडौं, चैत २९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वमा सरकार गठनकाे तयारी भइरहेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...
कांग्रेस नेतृत्वमा सरकार गठनकाे तयारी भइरहेको छ : प्रकाशमान

काठमाडौं, चैत २९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वमा सरकार गठनकाे तयारी भइरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले अब प्रधानमन्त्री केपी ओलीबाट भएका असंवैधानिक र अलोकतान्त्रिक कदमलाई संशोधन गरेर चुनाव गराउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए। 

कांग्रेसको नेतृत्वमा सरकार गठन रहर नभएको स्पष्ट पार्दै नेता सिंहले अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक नहुने  बताए। 

कतिपय कांग्रेस नेताहरुबाट पार्टी निर्णय विपरीत अभिव्यक्ति आइरहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्यसले पार्टीलाई राम्राे नगर्ने  बताए।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्