Kathmandu Press

भरतपुरमा भ्यान दुर्घटना दुईको मृत्यु, सात घाइते

चितवन, चैत २९ :  चितवनको भरतपुमा यात्रु बोकेको म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१९ रामपुरमा आइतबार बिहान म्याजिक...
भरतपुरमा भ्यान दुर्घटना दुईको मृत्यु, सात घाइते
स्केच ।

चितवन, चैत २९ :  चितवनको भरतपुमा यात्रु बोकेको म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१९ रामपुरमा आइतबार बिहान म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको हो।

भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा भएको थियो । सो दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृत्यु हुनेमा अन्दाजी ४५ र ५५ वर्षीय पुरुष रहेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

घाइतेमध्ये दुई जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने एक जनाको चितवन मेडिकल कलेज र चार जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको  छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १२:०३ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्