कांग्रेस पदाधिकारी बैठक बस्ने
काठमाडौं, चैत २९ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठक आइतबार दिउँसो दुई बजे बैठक छ।१४औं...
काठमाडौं, चैत २९ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठक आइतबार दिउँसो दुई बजे बैठक छ।
१४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा पनि तय गर्ने छ।
बैठकका लागि पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको र नयाँ सरकार गठनका विषयमा पनि छलफल मुख्य सचिव पौडेलले बताए।
नयाँ सरबार गठका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए।
प्रकाशित मिति: १०:३८ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











