विराटनगरमा एक पुरुषको हत्या, छोराले नै हत्या गरेको प्रहरीको आशंका
मोरङ, चैत २९ : विराटनगरमा एकजना ५२ वर्षीय पुरुषको हत्या भएको छ। विराटनगर महानगरपालिका–८ बलुवाइका विको सहनीको शनिबार राति हत्या भएको हो।घरायसी झगडामा...
मोरङ, चैत २९ : विराटनगरमा एकजना ५२ वर्षीय पुरुषको हत्या भएको छ। विराटनगर महानगरपालिका–८ बलुवाइका विको सहनीको शनिबार राति हत्या भएको हो।
घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट भएको प्रहरीले जनाएको छ।
सहनीको हत्या उनकै छोराले गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएका छन्।
प्रकाशित मिति: १०:२३ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











