Kathmandu Press

सिरहामा गोली प्रहारबाट व्यवसायीको हत्या, २ जना पक्राउ 

गएराति साढे १२ बजेतिर घरमा सुतीरहेको बेला लुटेरा समूहले बिक दम्पतीमाथि आक्रमण गरेको थियो । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको जनाइएको छ ।
सिरहामा गोली प्रहारबाट व्यवसायीको हत्या, २ जना पक्राउ 
सांकेतिक तस्बिर ।

काठमाडौं, चैत्र २९ : सिरहामा गोली हानेर व्यवसायीको हत्या भएको छ । लहान नगरपालिका– २३ मा सुनचाँदी व्यवसाय गर्दै आएका अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा मृत्यु भएको हो ।

गएराति साढे १२ बजेतिर घरमा सुतीरहेको बेला लुटेरा समूहले बिक दम्पतीमाथि आक्रमण गरेको थियो । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको जनाइएको छ ।

उनी लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्दै आएका थिए । ३५ वर्षीया अनिता विश्वकर्माको  हातमा धारिलो हतियार प्रहार भएको र उनको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का नारायण चौधरी छन् । अर्का एक जनाको नाम खुलाइएको छैन । 

प्रकाशित मिति: ०८:४० बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्