Kathmandu Press

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली 

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली 

काठमाडौं, चैत्र २९ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको मौसम सामान्यतया सफा रहने छ।

आइतबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहे पनि दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएको छ ।

पहाडी भू–भागका एक दुई स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ।

दिउँसो बढेर २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविदहरुले जनाएका छन् । 

प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्