Kathmandu Press

कोरोना संक्रमण बढेपछि दिल्लीमा कडा प्रतिबन्ध 

काठमाडौं, चैत्र २९ : कोरोना संक्रमणदर निकै वढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्धहरु घोषणा गरिएको छ। दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण...
कोरोना संक्रमण बढेपछि दिल्लीमा कडा प्रतिबन्ध 

काठमाडौं, चैत्र २९ : कोरोना संक्रमणदर निकै वढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्धहरु घोषणा गरिएको छ। दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले बताएका छन् ।

स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सबै प्रकारका गतिविधि गर्न रोक लगाएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा हिस्सा लिने खेलाडी बाहेक अरूलाई स्वीमिङ पूलहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। दिल्ली विपद् प्रबन्धन प्राधिकरणको आदेशानुसार अब विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन्।

रेस्टूराँ र बार सञ्चालकहरूले कूल क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र प्रत्यक्ष सेवा दिन पाउनेछन्। दिल्लीका सबै कलेज र कोचिङ संस्थाहरू बन्द गराइएको छ। सार्वजनिक सवारीसाधनहरूमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न थालिएको छ।

कोरोनाबाट अतिप्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रीहरूले आफू संक्रमित नरहेको प्रमाणस्वरूप आरडीटी–पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने नियम लगाइएको छ।

प्रकाशित मिति: ०८:२२ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्