Kathmandu Press

महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने

काठमाडौं, चैत्र २९ : बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं...
महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने

काठमाडौं, चैत्र २९ : बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ ।

बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैँदीहरूमा कोभिड–१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो । बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ ।

Hardik ivf

उक्त योजना अन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैँदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पुर्‍याएर रिहा गरिनेछ । रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ । उहाँले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए ।

जेलमा रहेका तीन व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएपछि आपन्तजन र परिवारका सदस्यले कैदीको स्वास्थ्य सुरक्षाप्रति चासो व्यक्त गर्दै जेल प्रशासनमार्फत् सरकारलाई विरोध पत्र पठाउनुका साथै रिहाइको माग गर्दै आन्दोलन गर्दै आएका थिए । लन्डनस्थित ‘बहराइन इन्स्टिच्युट फर राइट्स एण्ड डेमोक्रेसी’ले दर्जनौं बन्दीहरूमा कोभिड–१९ सङ्क्रमण फैलिएको बताएको छ ।

प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, चैत २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्